धनुषा ।। प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमा यात्रा आजदेखि शुरू भएको छ । फाल्गुन आँैसीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक तथा ऐतिहासिक ठाउँहरूको करिव १ सय २० किलोमिटर पैदल यात्रा गरिन्छ । मिथिला माध्यमिकी परिक्रमाको पहिलो दिन आज धनुषाको कचुरीमा रहेको मिथिला विहारी मन्दिरमा झाँकी कीर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर पु¥याएको छ । जानकीको डोलासँगै जनकपुरका विभिन्न मठमन्दिरबाट ल्याइएका डोलाहरू समावेश गरेर जनकपुरको हनुमानगरबाट परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । बृहत, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरिन्छ । डोलामा पछिपछि परम्परागत बाजागाजा, झाँकीकीर्तनसहितका मौलिक पहिरनमा लाखौंको सहभागिता रहने गर्छ । परिक्रमाअन्तर्गत जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर महादेव, फुलहरमा रहेको गिरिजा स्थान, करुणा, विसौल, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको क्षीरेश्वरनाथ हुँदै पर्वता, धनुषाधाम, सतोखर, औरही र यात्राको अन्तिम दिन अर्थात् १५ औँ दिनमा जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here