काठमाडाैं ।। एमसीसीको बिषयलाइ लिएर माओवादी केन्द्रभित्र विवाद देखिएको छ । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी, प्रतिनिधिसभाबाट अनुमोदन गर्ने पार्टीको निर्णयमा नेता नारायणकाजी श्रेष्ठ सहितका नेता असन्तुष्ट रहेका छन् । असन्तुष्टि बढेर पार्टी बिभाजनमै पुग्ने अवस्था आउन थालेपछि प्रचण्डले विवाद समाधानको पहल लिनुभएको छ । प्रचण्डले, नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवन पुगेर यसबारेमा छलफल गर्नुभएको छ । एमसीसी पास गर्न नहुने अडान राख्दै आउनुभएका नेता श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगाएतले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि अस्वीकार गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।