काठमाडाैं ।। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ पेश हुनेछ । यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएपछि बैठक स्थगित भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here