काठमाडाैं ।। रुस र युक्रेनबीचको द्वन्द्वका कारण नेपालमा इन्धनको मूल्य बढ्ने भएको छ । नेपालमा पेट्रोलियम पदार्थ उत्पादन नहुने र अन्तर्राष्ट्रिय बजारमा नै भर पर्नुपर्ने अवस्था तथा यसमा रुस युक्रेन युद्धले प्रभाव पार्ने भएकाले मूल्य फेरि बढ्ने देखिएको हो । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक र दोस्रो ठूलो प्राकृतिक ग्यास उत्पादक राष्ट्र रुस र युक्रेनबीचको द्वन्द्वले नेपालमा पनि भाउ महङ्गो हुने देखिएको हो । रुसले, अमेरिका र साउदी अरेबियापछि सबैभन्दा धेरै दैनिक साढे १० मिलियन ब्यारेल तेल उत्पादन गर्दै आएको छ । दुई देशबीच द्वन्द्व भइरहँदा अन्तर्राष्ट्रिय बजारमा नै महङ्गो भएकाले नेपालमा पनि बढ्ने नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताउनुभयो । रुस युक्रेनबीचको युद्धका कारण, नेपालमा पेट्रोलियम पदार्थपछि खाने तेलमा सबैभन्दा बढी प्रभाव पर्ने सरोकारवालाले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here