काठमाडाैं ।। नेपालमा १२ वर्षमाथिका किशोरकिशोरीले खोप लगाउनेको सङ्ख्या ९२ प्रतिशत पुगेको छ । उनीहरूले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । जसमा ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै १८ वर्ष माथिका ९३ प्रतिशतले पहिलो मात्रा र ७९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ३ करोड ६९ लाख ४३ हजार २४२ मात्रा खोप लगाइएकोमा १ करोड ८४ लाख ६९ हजार ४ सय ४५ पहिलो मात्रा, १ करोड ७२ लाख ८२ हजार १ सय ३८ पुर्ण मात्रा खोप लगाइएको छ । १० लाख ९१ हजारभन्दा धेरै बुस्टर मात्रा खोप लगाइएको छ । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्रले १२ वर्षदेखि माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको खोप अनिवार्य लगाउन अनुरोध गर्नुभयो । सरकारले चैत मसान्तसम्म १८ वर्ष माथिका शत प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।
नेपालमा १२ वर्षमाथिका किशोरकिशोरीले खोप लगाउनेको सङ्ख्या ९२ प्रतिशत पुग्याे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।