काठमाडाैं ।। भोलिदेखि देशभरको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । अस्तिदेखि विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपात गराएको प्रणाली कमजोर हुँदै गएकाले भोलिदेखि देशभरको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार यहि प्रणालीको प्रभावले अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुँदा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । यहि प्रणालीको प्रभावले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागहरुका एकदुई स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । लुम्बिनी र मधेस प्रदेश बाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात पनि हुने उहाँको अनुमान छ । यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो । भोलि दिउँसो देशको पहाडी भूभागमा एकदुई स्थानमा हल्का वर्षा भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here