काठमाडाैं ।। सरकारको आग्रहमा प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रवार एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका एक अधिकारीले बताए ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा बैठक सार्नका लागि आग्रह गरेको हुँदा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here