पाल्पा ।। पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२, खुलखुलेका २० वर्षका सुरज सुनार र उहाँको भाइ १४ वर्षका राकेशको करेन्ट लागेर मृत्यु भएको हो । हिजो साँझ ७ बजेतिर तिनाउ–२, स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्थानीय तिनाउ–१, बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको त्वातीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here