मुम्बई ।। गायक तथा संगीतकार बप्पी लहेरीको निधन भएको छ । ६९ वर्षको उमेरमा मंगलबार बेलुका करिब ११ः४५ मा गायक लहेरीको निधन भएको हो ।उनको मुम्बईको जुहुस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको उनको उपचारमा खटिएका डा. दिपक नामजोशीले पुष्टि गरेका हुन् ।
संगीतकार धेरै हप्तादेखि बिरामी थिए र अब्सट्रक्टिव स्लीप एपनियाबाट पीडित थिए ।सोमबार मात्रै कोरोनामुक्त भएर घर फर्किएका उनलाई मंगलबार पुनः अस्पताल भर्ना गरिएको थियो । सोही क्रममा उनको निधन भएको हो ।
उनले डिस्को संगीत आवाजलाई लोकप्रिय बनाउन योगदान पु¥याएका छन् । अमर प्रेम, मंदिरा, बदनाम, अमर तुमीजस्ता बंगाली फिल्मबाट उनी परिचित छन् ।लहेरीको जन्म सन् १९५२ नोभेम्बर २७ मा वेस्ट बंगालमा भएको थियो । सांगीतिक परिवारमा जन्मिएका उनको डेब्यू सन् १९७३ मा रिलिज भएको ‘नन्हा शिकारी’ बाट भएको थियो ।
बलिउडको ५० वर्ष लामो गायन करियरमा उनको अन्तिम गीत ‘बागी ३’ का लागि थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here