काठमाडाैं ।। यो वर्षको सुरुदेखि आगलागीको घटनामा परेर ६९ जनाको मृत्यु भएको छ । गत वैशाख १ गतेदेखि आजसम्ममा देशका विभिन्न ठाउँमा भएको आगलागीमा परेर ६९ जनाको मृत्यु भएको राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराईले यो अवधिमा झण्डै २ अर्ब रुपैयाँको नोक्सानी भएको जानकारी दिनुभयो । गत वर्ष यहि अवधिमा ६७ जनाको मृत्यु भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।