काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्‍म २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here