काठमाडाैं ।। काठमाडौँमा आजदेखि कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाइँदैछ । यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । आजदेखि आगामी फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुने छ । हरेक विद्यालयमा खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभयो । काठमाडौँमा यसअघि दुई लाख सात हजार जना १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूले पहिलो खोप लगाएका थिए । खोप लगाउनका लागि पहिलो पटक लगाएको खोपको विवरणसहितको कार्ड लिएर जानुपर्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here