सिरहा ।। सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् ।
बिहीबारमिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना.४.ख १७९८ नम्बरको तेल टयाङ्करमा जनमतका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । नरहा गाउँपालिका–३ नयाँ चोहर्वामा ट्याङ्करमा ढुंगामुढा गर्दा गाडीको अगाडीको सिसा फुटेको हो ।
तोडफोड़ गरेर भाग्ने क्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप हुँदा एक प्रहरी हवल्दार सामान्य घाइते भएको सिरहा प्रहरीले जनाएका छन् ।
जनमतका १३ जना कार्यकर्ता पक्राउ परेका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जिल्लामा तेलको ट्याङ्करमा तोडफोड गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here