एजेन्सी ।। अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको सीमामा थप २ हजार सेना तैनात गर्ने घोषणा गर्नुभएको छ । युक्रेनमाथि रूसले आक्रमण गर्न सक्ने आशङ्काका बीच अमेरिकी राष्ट्रपति बाइडेनले थप २ हजार सेना युरोपको सीमामा पठाउने घोषणा गर्नुभएको हो । युक्रेनको दक्षिणी भागमा रहेको क्रेमियामाथि रुसले कब्जा गर्न खोजेको भन्दै फेरी दुई देशबीच विवाद उत्पन्न भएको बताइएको छ । अमेरिकाले युरोप पठाउने सेना भनेय युद्धमा सहभागि नहुने पनि बाइडेनले प्रष्ट पाुर्नभएको छ । उहाँले अमेरिकाले पठडाउने सेनाहरू अमेरिकाको सहयोगी देशको रक्षाका लागि खटिने पनि उल्लेख गर्नुभयो । यसअघि अमेरिकाले साढे आठ हजार सैनिकलाई उच्च सतर्कताका साथ राख्ने निर्णय गरेको थियो । रुसले युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै, अमेरिकाले जबरजस्ती युद्धमा धकेल्न खोजेको बताउँदै आएको छ । यद्यपि रुसले युक्रेनको सीमा क्षेत्रमा करीब एक लाख सैनिक तैनाथ गरिसेकेको छ ।
अमेरिकाले युरोपको सीमामा थप २ हजार सेना पठाउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।