राैतहट ।। प्रहरीको गोली लागेर गम्भीर रुपमा घाइते भएका आन्दोलनका जिउदो शहिदको अवस्था निकै दैनिय भएर नमर्ने र नबाच्ने अवस्थामा पुगेका छन् ।
मुलुकमा संघियता आउनु भन्दा पहिला भएको आन्दोलन मा प्रहरीको गोलीबाट घाइते भएका रौतहट जिल्लाका राजदेवी नगरपालिका वडा नम्बर ५ पताही निवासी ३० बर्षिय रणवीर सिंह विगत ७ वर्ष देखि आर्थिक अभावका कारण उपचार गराउन नसकी घरमा मर्ने बाच्ने दोसाधमा तड्पीरहेका हुन् ।
नेपाल सरकारले सदरमुकाम देखि मालपोत कार्यालय र नापी कार्यालयको सेवा केन्द्र सर्ने गरेको निर्णय को विरुद्धमा ८ दलीय गठबन्धन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आव्हान गरेको आन्दोलनको क्रममा २०७१ साल अषाढ महिनामा गौर नगरपालिका ९ स्थित बरहवा पुल नजिक प्रदर्शनकारी र प्रहरी विच झडप हुदा सिंहको पेट र हातमा ३ वटा गोली लागेको थियो ।
सोहि आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका राजदेवी नगरपालिका ७ मुडवालबाका ४० वर्षीय विद्यानन्द यादवको उपचारको क्रममा २०७१ असोजमा उपचारको क्रममा मृत्यु भएको थियो । विद्यानन्द यादवलाई सरकारले शहिद घोषणा समेत गरिसकेका छन् ।
तत्कालिन मधेशी जनाधिकार फोरम नेपाल , राजेन्द्र महतो नेतृत्वको नेपाल सदभावना पार्टी , महन्थ ठकुर नेतृत्वको , अनिल झा नेतृत्वको संघीय सदभावना पार्टी लगायतका दलको गठवन्धनमा बनेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सेवा केन्द्र सार्ने निर्णयको विरुद्धमा २०७० साल चैत्र २० गते देखि अनिश्चितकालिन मधेश बन्दको घोषणा गरि आन्दोलनको घोषणा गरेको थियो ।
प्रहरीको गोली २ वटा पेट भित्र छिरेको र एउटा गोली हातमा लागेरको सिंहले बताए ।
झडपको क्रममा गोली लाग्दा अचेत अवस्थामा पुगे पछि थप उपचारको लागि विरगंज पठायो त्यहा उपचार हुदा लाग्ने खर्च आफैले तिरे उनले भने कुनै नेता तथा पार्टीले सहयोग गरेन ।
उपचारको क्रममा पर्सा जिल्ला फोरमको नेता प्रदिप यादवले १२ हजार रुपैया सहयोग गरेको बताउदै अहिले पनि उपचारको थप आवस्यकता रहेको र सोको लागि आर्थिक समस्या भएको जिकिर गरे ।
मधेश प्रदेश सरकारका सभामुख सरोज यादवको पहलमा १ लाख रुपैया अहिले सम्म सहयोग मात्र पाएको उल्लेख गर्दै घरपरिवार चलाउन गार्हो भै रहेको अवस्थामा आफ्नो उपचार कहावाट गर्ने भनि चिन्ता लागेको छ ।
एक श्रीमती र २ सन्तान भएको सिंहले उपचारको अभावमा घरमा छटपटिएर मर्नु भन्दा प्रदेश सरकार को प्रदेश सभाको मुख्य गेटमा गएर आत्महत्या गर्ने बताए । घाइते सिंहले सभा मुख यादवलाइ मेसेज गरेर आत्महत्या गर्ने जानकारी समेत गराएको बताए ।
संघियता आए पछि निर्वचित भएका स्थानीय सरकार , प्रदेश सांसद तथा संघीय सांसद हरुले एकपटक पनि अवस्था सोध्न समेत नआएको गुनासो गरे ।
आन्दोलनमा सहभागी हुनका लागि घरबाट बोलाएर लागेका नेताहरुले आज भोकै बस्नु पर्ने अवस्था आउदा खवर लिन पनि आउँन नसकेको दुख पोख्दै सिंहले उपचारको लागि सहयोग गरि दिन सवै संग आग्रह गरेका छन् ।
घरको मूल व्यक्ति आफु नै भएकोले अवस्था निकै दैनिय भएको पिडा सुनाउदै आर्थिक अभावका कारण छोराहरुलाई शिक्षा दिक्षा दिन नसकेको बताए । आखाबाट आसु झर्दै सिंहले कोहि सहारा दिने छैन पिडा मा पुरै परिवार जीवन विताउन बाध्य भएको बताए ।
मुख्यमन्त्री महमद लालबाबु राउत नजिक ऋण लिएर धाउदा धाउदै थाकी सकेको पिडितका पत्नी रोमा देवी सिंहले बताए । जादा भेट्न पनि नचाहेको गुनासो गरिन ।
कर्मचारी पनि राम्रो सित व्यवहार गर्दैन भने आन्दोलनको बलमा सत्तामा पुगेका नेताहरुले आज शहिदहरुको परिवार सन्तानलाइ उपेक्षित गरिरहेको आक्रोश पोख्दै सिंहले सत्ता स्वार्थमा लागेर भ्रस्टाचारमा लिप्त भएको टिप्पणी गरिन ।
खानलाइ अन्न लगाउनलाइ लुगा , बस्न लाइ घर नरहेको अवस्थामा कुनै नेता पार्टीले आफ्नो परिवार लाइ सहयोग नगरेको आरोप लगाए ।
प्रदेश सरकारको जनता आवासको योजना समेत जिउदो शहिदलाइ दिन सकिएको छैन ।
उपचारको अभावमा घरमा कस्टपूर्ण जीवन विताउन बाध्य भएका सिंहको परिवारलाइ मधेश प्रदेश सरकारले छिटै सहयोग उपलव्ध गराएर उपचारको व्यवस्था गर्नुको साथै निजका नावालक छोराको शिक्षाको व्यवस्था गर्नु पर्दछ । जनता आवास कार्यक्रम अन्तर्गत सिंहको बास बस्नको लागि व्यवस्था गर्नु जरुरि देखिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here