काठमाडाैं ।। न्याय सेवा आयोगको बैठक आजका लागि बोलाइएको छ । कानुन, न्याय तथा अदालतका विषयमा छलफल गर्नुपर्ने भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलन चर्किएपछि न्याय सेवाको बैठक प्रभावित हुँदै आएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको आयोगले जनाएको छ । आयोगमा प्रधानन्यायाधीश जबरा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य हुनुहुन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।