जनकपुर ।। मधेश प्रदेशमा राष्ट्रियसभाको २ सिटका लागि मतदान सम्पन्न भएको छ।
मधेश प्रदेशमा भएको मतदानमा ३ सय ६६ मत खसेको छ। कुल ३ सय ७२ मतदाता रहेको मधेशमा ६ जना मतदाता मतदान गर्न पुगेनन्।
२ जना प्रदेशसभा सदस्य र ४ जना पालिकाका उपप्रमुख मतदान गर्न नपुगेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। राष्ट्रियसभाका लागि भएको मतदानको मतगणना केही बेरमा सुरु हुने बताइएको छ। प्याकुरेलका अनुसार राष्ट्रियसभाका लागि मतदानको मतगणना सुरु भइसकेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here