एजेन्सी ।। शक्ति राष्ट्र मध्येको एक रुसले युरोपेली मुलुक युक्रेनलाई आक्रमणको चेतावनी दिएको छ । वाक युद्धमा सीमित युक्रेन–रुसको विवाद गत वर्षको अप्रिलबाट चर्किएको छ । रुसले युक्रेनी सीमामा युद्ध अभ्यास सुरु गर्दै हाल १ लाखभन्दा बढी सेना खटाएको छ । रुस र युक्रेनबीचको विवादका कारण अमेरिका र बेलायत पनि तरङ्गित भएका छन् । रुस र युक्रेनबीच लडाइँ भयो भने नेपालमा सैन्य शक्तिको गतिविधिबाट उनीहरूको खर्च बढ्ने भएकाले नेपाललाई प्राप्त हुने अनुदान र ऋण कम हुने परराष्ट्र मामिलाका जानकार लोकराज बरालले बताउनुभयो । रुसले युक्रेनमाथि आक्रमण गरे भयावह परिणाम भोग्नुपर्ने चेतावनी अमेरिका अनि बेलायतले दिँदै आएका छन् । नेटो सेनाले पूर्वी युरोपको सीमा क्षेत्रमा सेना र युद्ध सामग्री पठाइरहँदा सम्पन्न मुुलुक पक्षविपक्षमा उभिने प्रतिस्पर्धा चल्नुका साथै गरिब मुलुकमा अभाव र महङ्गी बढ्ने विश्लेषण भइरहेका छन् । युक्रेन र रुसबीचको विवाद ९ वर्ष अघि सुरु भएको हो ।
रुसद्धारा युरोपेली मुलुक युक्रेनलाई आक्रमणको चेतावनी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।