बाजुरा ।। बाजुराका अधिकांश स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारको लागि अस्थायी तथा स्थायी दुबै किसिमको संरचना निर्माण गर्न सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक स्वास्थ्य संरचना बनाउन तथा भएका स्वास्थ्य संरचनालाइ तयारी अवस्थामा राख्न बारम्बार आग्रह गर्दै आएको थियो । तर बाजुरामा आइसोलेन कक्ष नहुँदा बुढिनन्दा नगरपालिकामा सङ्क्रमितलाई खुला चौरमा पाल टाँगेर राखिएको छ । पछिल्लो समय कोरोनाको परीक्षण र सङ्क्रमित हुने दुवैको दर बढिरहेको छ । जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख प्रकाश जोशीले नागरिक आफैले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने बताउनुभयो । गत वर्ष बनाइएको आर्मीको पुरानो ब्यारेकको आइसोलेसन केन्द्रमा बिरामी बस्न मानेका छैनन् भने जाँचका लागि स्वास्थ्यकर्मी पनि पुग्ने गरेका छैनन् । जसका कारण यो आइसोलेसन केन्द्र सञ्चालनमा आएको छैन । भारतबाट फर्कनेहरू बढ्दै गर्दा कोरोना सङ्क्रमित थपिने क्रम बढेको छ । तर आइसोलेसन केन्द्रको अभावमा उपचार भने प्रभावकारी भएको छैन ।
बाजुरा जिल्लामा कोरोना सङ्क्रमित बढ्दै, आइसोलेसन कक्ष बनेनन्
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












