काठमाडाैं ।। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम बन्द गरेको छ । अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि खोप सेवा बन्द गरिएको हो । अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्षण देखिएका व्यक्तिहरूलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको हो । काठमाडौंका वीर, टिचिङ, पाटन लगाएत सबै अस्पतालका स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा उपचारमा नै समस्या भएको छ भने देशभरका सबैजसो स्वास्थ्य संस्थामा यो समस्या देखिएको छ । स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा परेको प्रभाव कम गर्न काम गरिरहेको स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ्ले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here