काठमाडाैं ।। पर्सि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले गयराति १२ बजेबाट मौन अवधि सुरु भएको बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न नमिल्ने बताउनुभयो । एक विज्ञप्ति जारी गर्दै आयोगले यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइएको हुनुपर्ने सम्झाएको छ । आयोगले मतदाता पहिचान गर्न पनि निर्वाचन आधिकृतहरूलाई भनेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था छ । राष्ट्रिय सभाका १९ सिटका लागि पर्सि मतदान हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा ४३ जना उम्मेदवार रहेको आयोगले जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here