काठमाडाैं ।। नेपालमा कोरोना सङ्क्रमणको दर गत साताको तुलनामा ९ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एक सातामै कोरोना सङ्क्रमणको दर ९ प्रतिशतले वृद्धि भएको हो । गत साता ४ प्रतिशत रहेको सङ्क्रमणदर यो साता १३ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा.सङ्गिता मिश्रले बताउनुभयो । उहाँका अनुसार मुगु र मुस्ताङबाहेक ७५ जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६ सय ९० छ । सङ्क्रमण पुगेको ७५ मध्ये नौ जिल्ला उच्च जोखिममा रहेका पनि मन्त्रालयले जनाएको छ । मोरङ, सुनसरी, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा बढी छ । यी जिल्लामा सङ्क्रमण फैलिने दर पनि बढी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here