डडेल्धुरा ।। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाँच दिनसम्म मनाइने सांस्कृतिक पर्व मध्यको एक भुवा पर्व मनाइदैछ । महाभारतको कथा तथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई भस्सो पर्व पनि भनिन्छ । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । आइतबारबाट सुरु भएको भुवा पर्वलाइ बाजुरा, बझाङ्ग ,अछाम लगायत सुदूरपश्चिम र भारतको उत्तराखण्डमा दशैंपछिको ठूलो पर्वको रुपमा हेरिने गरेको छ । भुवा पर्वको सुरुको दिन रातभरी मुढामा आगो सल्काएर देउडा, खेल्ने, गित गाउने र दिनमा युद्धकला प्रदर्शन गर्ने चलन रहेको अछामका पत्रकार कमल रावलले बताउनुभयो । पुरुषहरूले मात्र खेल्ने भुवापर्वमा तरवार तथा ढाललिएर युद्ध गर्ने चलन रहेको छ । गत दुई वर्ष यता कोरोनाका कारण रोकिएको भुवा पर्वले यस वर्ष भने निरन्तरता पाएको छ । भुवा पर्व मनाउने क्रममा आयोजना गरिने मेला महोत्सबका कारण भने यो पर्वले केही उत्साह थप्ने गरेको डोटीको सायल गाउँपालिका भुवा मेला व्यवस्थापन समितीका संयोजक यदु बिष्टले बताउनुभयो । संरक्षणको अभावमा छुट्टै मौलिकता रहेको भुवा पर्व विस्तारै लोप हुने अवस्थामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here