काठमाडौं ।। जो जहाँ छ त्यहिबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढेका छन् । देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूमा अहिले मतदाता नामावली दर्ता गराउन चाहनेहरूको भिड छ, तर आवश्यक जनशक्तिको भने अभाव देखिएको छ । सिन्धुपाल्चोकका भिमबहादुर तामाङ हाल काठमाडौंको गोकर्णमा बस्नु हुन्छ । अघिल्लो निवार्चनमा बैदेशिक रोजगारीमा रहनुभएकाले भोट हाल्न पाउनु भएन । यसपाली जसरी पनि आफ्नो मताधिकार प्रयोग गर्ने रहरका साथ २ दिन देखि काठमाडौंको जिल्ला निवार्चन कार्यालन धाइरहनुभएको छ । सिन्धुलीका निरु मगर ६० बर्ष पुग्नुभयो । उहाँसँग जिल्ला निर्वाचनको कार्यालयमा मतदाता नामावली परिचयपत्र बनाउदै गर्दा भेट भयो । काठमाडौंबाटै नाम दर्ता गराउन मिल्ने भएपछि श्रीमान् सहित कार्यालय पुग्नुभएका उहाँलाइ २ दिन लाईन बस्नु प¥यो । सर्लाहीका सतिसकुमार चौधरीलाई यो पटक असल व्यक्तिलाई भोट दिएर जिताउन मन छ । गाउँबाट घुम्न आउनु भएका दिदिलाई समेत लिएर उहाँ मतदाता नामवली दर्ता गराउन निर्वाचन कार्यालय पुग्नुभयो । मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेहरूको भिडका कारण काम भने एकै दिनमा सकिएन । अहिले पालिका स्तर र जिल्ला निर्वाचन कार्यालयमा गरेर देशभर एकैदिन २६ हजार भन्दा नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् । निर्वाचन कार्यालयमा मतदाता परिचयपत्र बनाउनेहरूको भिड भएपनि कर्मचारीको अभाव छ । काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्राविधिक मुगाराम राईका अनुसार एक जनाले एक दिनमा सय जना भन्दा बढिको नाम दर्ता गराउन संभव छैन । निवार्चनको मिति औपचारिक रुपमा घोषणा नहुन्जेल मतदाता नामावली दर्ता गर्ने क्रम निरन्तर चल्ने भएकाले समय मिलाएर नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ । काठमाडांैमा मात्रै ६लाख ३४ हजार मतदाता छन् । मङ्सीर १७ गतेबाट सुरू भएको मतदाता नामावलि सङ्कलन अभियानका क्रममा आज सम्म ३१ हजार २सय ८९ हजार मतदाता थपिएका छन् । जो जहाँ छन् त्यहिबाट नाम दर्ता गर्न सकिने व्यवस्थाले नागरिक उत्साहित भएका छन्, तर कर्मचारी अभाबले जिल्ला निर्वाचन कार्यालयहरूमा नामावली सङ्कलनको काम व्यवस्थीत भने हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here