काठमाडाैं ।। नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट हुन अझै केही दिन लाग्ने भएको छ । आठौं महाधिवेशनबाट अध्यक्ष तथा केन्द्रीय सदस्यहरूको टुङ्गो लागेपनि पदाधिकारीहरूको छनोटको लागि भने अझै केही दिन लाग्ने भएको हो । पदाधिकारीमा आकाङ्क्षी नेताहरूको सूची धेरै भएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पद अनुसारको नाम टुङ्गो लगाउन सकस देखिएको छ । विशेष गरि महासचिवमा धेरै नेताको दाबी छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ लगभग पक्का जस्तै हुनुभएको छ । तर अरु उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्षको नाम टुङ्ग्याउन ढिलाइ भइरहेको छ । आउँदो आइतबार बस्ने केन्द्रीय समिति बैठकमा मात्रै यसबारेमा छलफल हुने नेताहरूले बताएका छन् ।





