रौतहट ।। विगत केहि दिन देखि अचानक बढेको चिसोको कारण रौतहट जिल्लाका सामुदायिक विद्यालय बन्द हुन् थालेका छन् !
बेमौष्मी बर्सात पछि चलेको पछिया हावा संगै चिसो बढी बढेकोले जिल्लाका स्थानीय तहहरुले मातहत रहेका सामुदायिक विद्यालय बन्द गरेका हुन् !
विद्यालयमा अध्यन गर्न आउने बाल बालिकाहरु प्रभावित हुने भएकोले बर्सेनि विदाबाट कटा हुने गरि जिल्लाका मौलापुर नगर पालिका , वृन्दाबन नगरपालिका , परोहा नगरपालिका , गढ़िमाइ नगरपालिका , माधव नारायण नगरपालिका , गरुडा नगरपालिका , देवाही गोनाही नगरपालिकाले ४ दिन पौष २३ गते सम्मको लागि विदा दिएको छ !
शुक्रवार सम्मको लागि स्थानीय तहले विदा दिएको छ ! हुसु र चिसोको कारण जनजीवन प्रभावित बन्दै गएको छ ! चिसोले गर्दा सवारी साधनको आवागमनमा पनि कमि आएको छ !
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।