रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ बरहवा पुल नजिक रहेको विज भण्डारबाट प्रहरीले २३ बोरा भारतीय युरिया मल बरामद गरेको छ !
भारतबाट ल्याएर चर्को मुल्यमा विक्री गर्ने उदेश्यले भण्डार गरि राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाट गएको टोलीले उक्त युरिया मल बरामद गरेको हो !
भण्डार गरि राखेको भारतीय युरिया खादको बोरा बरामद गरिएको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनु भएको छ ! उहाले किसानको लागि छुट भएपनि भण्डार गर्न नमिल्ने भएकोले पक्राउ गरिएको बताए !
युरिया मलको अभावको कारण किसानहरु गहु बालिमा मल हाल्न नपाएको अवस्थामा भण्डार गरि राखिएको खाद अवैध रहेको प्रहरीको तर्क रहेको छ ! बरामद गरिएको खाद कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ !
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।