काठमाडाैं ।। आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज दलहरूले उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जानकारी दिनुभयो । प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुरधाम, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूले मनोनयन दर्ता गनुपर्नेछ । निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएको पनि सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो । आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here