काठमाडाैं ।। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने छ । पार्टीका आगामी योजना, रणनीति र चुनाव लगायतका विषयमा बैठकमा छलफल हुने उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो ।
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । हिजो सभापति देउवाले काँग्रेसको विधान बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सीआईएनलाई जानकारी दिनुभयो । यसअघि सभापति देउवाले १० जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।