काठमाडाैं ।। भारत सरकारले अबको ६ महिनामा बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । सिरम इन्सीट्यूट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले यसबारेमा जानकारी दिनुभएको हो । उहाँले अबको ६ महिनाभित्र बच्चाको लागि कोरोनाविरुद्धको खोप नोवाभ्याक्स उद्घाटन गर्ने बताउनुभयो । ३ वर्षमाथिका बालबालिकामा गरिएको परीक्षण सफल भएको पनि उहाँले जानकारी दिनुभएको छ ।





