काठमाडाैं ।। राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ । जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले ताउनुभयो । लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित गर्नुभएको हो । संयोजक श्रेष्ठका अनुसार जम्मा खसेको ३८ सय ६५ मत मध्ये ४ सय ३१ मत बदर भएको छ । उपाध्यक्षममा भने विक्रम पाण्डे विजयी हुनुभएको छ । २५ सय २१ मत ल्याएर पाण्डे विजयी हुनुभएको हो भने महिला उपाध्यक्षमा विजयी रोशन कार्की १५ सय ७९ मत पाउनुभएको छ । महामन्त्रीमा डा धवलशम्शेर राणा २२ सय २१ पाएर विजयी हुनु भएको छ भने भुवन पाठक १७ सय ५ मतसहित महामन्त्रीमै विजयी हुनुभएको छ । महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसिहत विजयी हुँदा १६ सय ४० मत पाउनुभएका महिला महामन्त्री पदका अर्का प्रतिस्पर्धी रेखा थापा पराजित हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here