काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार भने ६ जनाको मृत्यु भएको थियो ।
६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३४७ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमति संख्या ६९२१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here