म्याग्दी ।। म्याग्दीमा जीप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्युहुनेहरूमा रघुगंगा गाउँपालिका–१ का चालक ३५ वर्षका दुतबहादुर थापा, २४ वर्षका खिम पुन, ५७ वर्षका खिमनाथ शर्मा र ३० वर्षका गौमाया विक रहनुभएको छ ।
विक रघुगंगा गाउँपालिका–१ बेग खोलाका वडा सदस्य हुनुहुन्थ्यो । दुर्घटनामा घाइते भएका सोही वडाका २० वर्षका भीम थगामी, ५४ वर्षका बेलबल बहादुर विक, २३ वर्षका मनोज पुनको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । अर्का घाइते ३० वर्षका ज्ञानबहादुर शेरपुञ्जाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङल जानकारी दिनुभयो । बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप हिजो साँझ करिब पाँच सडकबाट करिब तीन सयम मिटर तल खसेको थियो ।
म्याग्दीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ४ जना घाइते
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।