काठमाडौँ ।। चिसो मौसममा घर पालुवा पशुपन्छीमा श्वासप्रश्वासको समस्या बढ्दै गएको चिकित्कहरूले बताएका छन् । यो मौसममा मानव स्वास्थ्यमा मात्रै नभई पशुपन्छीको स्वास्थ्यमा पनि असर पर्ने भएकाले ख्याल राख्न पशुपालकहरूलाई अनुरोध गरिएको छ । चिसो मौसममा घर पालुवा जनावरलाइ विशेष गरि श्वासप्रश्वास सम्बिन्ध समस्या देखिने पशु चिकित्सकहरू बताउँछन् । यस्तै खुर भएका पशुहरूलाई खोरेत रोग लाग्न सक्छ भने ज्वरो आउने, ¥याल चुहाउने, मुख तथा खुरको कापमा साना साना फोकाहरू उठ्ने जस्ता समस्या देखिन सक्छ । यस्ता रोगको अरु मौसममा पनि उत्तिकै जोखिम भएपनि जाडोको समयमा झन् बढि हुने गरेको छ । विशेष गरि गाइ, भैंसी, बाख्रा, कुखुरामा बिभिन्न किसिमका स्वास्थ्य समस्या देखिन सक्छ । पशु सेवा विभागका अनुसार पिपिआर रोगका कारण वर्षेनि धेरै सङ्ख्यामा भेडाबाख्रा मर्ने गरेका छन् । व्यवसायीक रुपमा बाख्रापालन गर्दै आउनुभएका दोलखाको कालिन्चोक वडा नम्बर ८ का प्रेम बस्नेतले पिपिआर रोगका कारण गत वर्ष बाख्रा मर्दा करिव ४ लाख क्षति भएको बताउनुभयो । त्यसैगरी कुखुरामा धेरै जसो रानीखेत रोग देखिने गरेको छ । यो रोग लागेपछि कुखुरामा टाउको झट्काउने, घाँटी तान्ने, सिउर र लोती पहँलो हुने तथा पछि नीलो रङमा बदलिने लगायतका लक्षण देखिन्छ । रोग लागेर पालिएका सबै कुखुरा मरेपछि ललितपुर बुङ्मतीका मिरा शाहले कुखुरापालन नै छोडेको बताउनुभयो । पशुपन्छीमा देखिने यस्तो समस्या गर्मि र जाडो दुबै मौसममा देखिने भएपनि जाडोमा झन् बढ्ने भएकाले पशुपालकले उनीहरूको ख्याल गर्नुपर्ने केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डाक्टर नवराज श्रेष्ठले बताउनुभयो । चिसो मौसममा पशुपन्छीमा देखिने यस्तो रोगबाट बचाउनको लागि किसानले स्थानीय सरकारसंगको समन्वयमा पशुपन्छीलाइ खोप लगाइदिन सक्छन् । साथै उनीहरुलाइ दिने खाना र बस्ने स्थानको पनि बिषेश ख्याल गर्नुपर्ने पशु चिकित्सक श्रेष्ठको भनाई छ । बिभिन्न रोगका कारण नेपालमा बर्षेनी करिव ५ प्रतिशत पशु तथा १० प्रतिशत पन्छीहरू मर्ने गरेको भएपनि पशुपन्छी जोगाउने बारेमा किसानहरूले पर्याप्त ज्ञान र सरकारी सहयोग भने पाएका छैनन् ।
चिसो मौसममा घर पालुवा पशुपन्छीमा स्वासप्रश्वासको समस्या बढ्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।