काठमाडाैं ।। सरकारले बेमौसमी बर्षाका कारण धानमा क्षति पुगेका किसानहरुलाइ क्षतिपुर्ती दिने मापदण्ड बनाएको छ । मापदण्ड अनुसार धानबालीमा पूर्ण रुपमा क्षति पुगेका साना किसानलाइ उत्पादन लागतको ६५ प्रतिशत क्षतिपुर्ती दिइने छ । धानबालीमा क्षती पुगेका मध्यम किसानलाइ उत्पादन लागतको तीस प्रतिशत तथा ठूला किसानलाइ उत्पादन लागतको २० प्रतिशत रकम प्रदान गरिने कृषि तथा पशुपक्षिं बिकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो । सरकारले १० कठ्ठा भन्दा बढी र तीन बिगाह सम्म जग्गामा खेती गरेका किसानलाइ मध्यम स्तरको किसान हुने गरि मापदण्ड बनाएको छ भने १० कठ्ठा सम्म मात्रै जमिनमा खेती गरेको किसानलाइ साना किसानको रुपमा समेटेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।