काठमाडौं ।। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । आज १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजिनामा दिएकी हुन् ।
उनले बैठकलाई सम्बोधन गर्दै विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्गप्रशस्त गर्न राजिनामा दिएको बताइन् । उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताइन् ।
‘हामी संस्कारयुक्त बनौं, द्वनन्द्व कम गरौं । प्रदेश बनाउन मिलेरै काम गरौैं’ उनले भनिन्, ‘आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन ।’ मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको बताइन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।