काठमाडाैं ।। अमेरिकी सरकारको एउटा प्यानलले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले हिजो उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको बिबिसीले उल्लेख गरेको छ । अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो । हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुने छन् । गएको सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणमा फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि सुरक्षित र प्रभावकारी पाइएको उल्लेख गरेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।