काठमाडाैं ।। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमा आज प्रदेशसभामा मतदान विभाजन गरिने भएको छ । जसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक आवहन गरिएको छ । विश्वासको प्रस्तावमा मतदानका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो । मुख्यमन्त्री शाक्यलाई विश्वासको मत पाउन ५५ सांसद चाहिन्छ तर अहिले प्रदेशसभामा एमालेका ४३ जना मात्र सांसद रहेका छन् । विपक्षी गठबन्धनमा रहेका सांसद मध्ये माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् । मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने भएपछी विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here