काठमाडाैं ।। बाढी र पहिरोका कारण बन्द भएका धेरैजसो सडक अबको दुईतीन दिनमा खुलिसक्ने सडक विभागले दाबी गरेको छ । आइतबारदेखिको झरीपछि आएको बाढी र पहिरोका कारण बन्द भएका सडकमध्ये धेरैजसो सडक दुईतीन दिन भित्र खुलिसक्ने सडक विभागका महानिर्देशक अर्जनु जङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार सडक बन्द भएका ठाउँमा अहिले मेसिन र उपकरणहरु तयारी अवस्थामा राखिएको छ । कतिपय ठाउँमा खुलाउने तयारी भइरहेको छ भने कतिपय ठाउँमा सम्बन्धित डिभिजन कार्यालयमार्फत खुलाइसकिएको छ । आइतवारपछि बन्द भएका १२ मध्ये चार ठाउँको सडक खुलाइसकिएको विभागले जनाएको छ । कोसी राजमार्गअन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकोमा एकतर्फी खुलाइएको छ । यो सडक पूरै खुल्न भने समय लाग्ने छ । यस्तै राप्ती राजमार्गअन्तर्गत सल्यानमा अरिङ्गलेफेदीमा बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फी गाडी चल्न थालेका छन् । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि एकतर्फी सडक खुलेको छ । प्युठानको गनाहा चकचके खण्डमा खसेको पहिरो हटाएपछि अहिले भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक खुलेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here