काठमाडाैं ।। आज देखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । गत आइतबारदेखि देशभरी नै झरी पारेको प्रणाली नेपालबाट बाहिरिएकाले अब कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चार दिन झरी पारेको प्रणालीको थोरै जलवाष्पयुक्त हावा बाँकी रहेकाले देशका थोरै ठाउँमा भने आजपनि पानी पर्नेछ । तर ठूलो वर्षाको सम्भावना भने कतै नरहेको उहाँको भनाइ छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशहरुका थोरै स्थान र बाँकी प्रदेशहरुका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here