राैतहट ।। दुई दिनदेखि भएको बेमौसमी अविरल वर्षाका कारण तराइ मधेशका खेतमै धान डुबाएको छ । काटेर खेतमा सुकाउन राखेको धान वर्षाले डुबाएको हो । दसैं सकिएलगत्तै धान भित्र्याउन लागेका किसानलार्ई बेमौसमी वर्षाले समस्यामा पारेको हो । आइतबारदेखि निरन्तर परीरहेको पानीले काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् भने काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ । यस वर्ष नियमित वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई धान भि¥र्याउने बेला भएको वर्षाले धानको बीउ नै मासिने चिन्ता बढेको छ । वर्षाले भएको क्षतीले लगानी समेत नउठ्ने भएपछि किसानहरु समस्यामा छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।