डोटी ।। डोटीको जोरायल गाउँपालिकामा पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । जोरायल गाउँपालिका ४ मा शेरबहादुर विकको घरमा पहिरो खस्दा शेरबहादुरसहित उहाँको १८ वर्षका छोरा मोहन, १३ वर्षका छोरी पवित्रा र १६ वर्षका भान्जा रविन विकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै जोरायल गाउँपालिका ३ मा ६२ वर्षका जोगी सार्कीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो । पाँचथरको फिदिममा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुने आमाछोरी रहेको प्रहरीले जनाएको छ । यसैबीच खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका ४ का २२ बर्षिय सबिता भुजेलको मृत्यु भएको हो । फिक्कल गाउँपालिका ५ जाङ्जाङ स्थित मामाघरमा दसैंको टिका लगाएर घर फर्कने क्रममा चाल्नेखोलामा आएको बाढीले बगाउदा भुजेलको मृत्यु भएको फिक्कल गाउँपालिका ५ का वडाअध्यक्ष राजु लामाले जानकारी दिनुभयो ।
डोटीे,पाँचथर र सिन्धुलीमा बाढी पहिरोमा परेर ८ जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।