काठमाडौँ ।। नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण उनको उपचारका क्रममा सोमबार ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
कोभिड संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भएपछि सोमबार बिहान मात्र महर्जनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । फोक्सोको ८० प्रतिशत भागमा संक्रमण देखिएपछि आईसीयूबाट भेन्टिलेटरमा सारेलगत्तै महर्जनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
१२ दिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएका महर्जनको एक सातायता मेडिसिटीमा उपचार भइरहेको थियो ।
अस्पताल भर्ना हुँदा महर्जनको फोक्सोको ६० प्रतिशत भाग संक्रमित रहेको उपचारमा संलग्न चिक्तिसकले जनाएका छन् । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here