काठमाडाैं ।। म्यानमारमा सत्ता कब्जा गर्ने सेनाका जनरल मिन आङ ह्लाइङलाई आसियानको वार्षिक शिखर सम्मेलनमा सहभागी नगराइने भएको छ । दक्षिण एसियाली राष्ट्र संघ (आसियान) मा जनरल मिन आङ ह्लाइङको सट्टा म्यानमारबाट एक गैरराजनीतिक प्रतिनिधिलाई आमन्त्रित गर्ने सहमति भएको हो । आसियान शिखर बैठक आगामी अक्टोबर २६ देखि २८ सम्म ब्रुनाईमा हुँदै छ । गत अप्रिलमा आसियानले म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। आसियानले द्वन्द्व अन्त्य गर्न सेनाले काम नगरेको बताएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।