रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ मा रहेको आधारभूत विद्यालय बाल मन्दिरमा अध्यनरत कक्षा ९ का छात्राहरुलाई सोमबार एक कार्यक्रम विच साइकल वितरण गरिएको छ ।
प्रदेश २ सरकारको मुख्यमन्त्री ’बेटी पढाऊ, बेटी बचाउ झअभियान अन्तर्गत प्रदेश न. २ को मुख्यमन्त्री कार्यालय जनकपुरधामबाट शैक्षिक सत्र २०७७ मा कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका ४६ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम स्वार्थ राय यादवको सभापतित्वमा भएको साइकल वितरण कार्यक्रममा सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले छोरीहरुलाई शिक्षामा सरल रुपमा पहुच हुने उदेश्यले संचालन गरिएको मुख्य मन्त्रि बेटी पढाउ ,बेटी बचाऊ अभियान सराहनीय रहेको बताए ।
मुख्यमन्त्रीले कक्षा ९ मा अध्यन गर्ने विद्यार्थीलाइ लक्षित गरि ल्याएको अभियानलाइ आगामी दिनमा फराकिलो बनाउदै लाग्नु पर्ने सुझाव दिए । उनले एउटा कक्षामा पढ्ने छात्राहरुलाई साइकल दिदा अरु छात्राहरु दुखित हुने गरेकोले समान रुपमा कक्षा ६ देखि अध्यन गर्ने छात्राहरुलाई समावेश गर्ने गरि कार्यक्रम संचालन गर्नु पर्ने धारणा राखे ।
प्रदेश सरकारले छोरीको गर्भ अवस्थामा गर्ने भ्रुण हत्यालाइ न्यूनीकरण गर्ने उदेश्यले ल्याएको छोरी विमा कार्यक्रम रोकिएकोमा दुख व्यक्त गर्दै छोरी विमा कार्यलाई निरन्तरता दिनुपर्ने जोड दिए ।
गौर नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै आगामी नगरपालिका भित्रमा रहेका अन्य सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुको लागि समयमा सहज रुपमा साइकल उपलव्ध गराई दिन मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीलाइ आग्रह गरे ।
जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य एवं गौर नगरपालिकाका उपप्रमुख किरण कुमारी ठाकुरले विद्यालयमा अध्यन गर्ने छोरीहरुको लागि ल्याईएको बेटी पढाउ बेटी बचाऊ योजना प्रदेश सरकारको अतिनै लोकप्रिय र सराहनीय कार्य भएको बताए ।
छोरा सरह छोरीले विद्यालयमा सहभागिता जनाउनु पर्ने मुख्य लक्ष्य अभियानको रहेकोले साइकल पाउने छात्राहरुलाई नियमित रुपमा विद्यालय आउँन आग्रह गरे ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं मुख्यमन्त्री स्वच्छता अभियानका जिल्ला संयोजक रेवन्त झाले साइकल वितरणमा विभेद भएको बताए । एउटा कक्षालाइ तोकेर साइकल वितरण गर्ने नीतिले अन्य कक्षामा अध्यन गर्ने छात्रालाइ दुखित तुलाउने गरेको जिकिर गरे ।
उहाले ६ देखि ९ सम्मको छात्राहरुलाई साइकल दिनेगरी नीति बनाउनु पर्ने जोड दिए । उनले भने ९ कक्षाका छात्राले साइकल पाउदा हर्षित हुन्छ भने अन्य छात्राहरु उपेक्षित भएको महसुस गर्ने गर्छ , प्रदेश सरकारले अभियानमा सुधार गर्दै सवैलाइ समेट्ने गरि साइकल व्यवस्थापन गर्नु पर्ने सुझाव दिए ।
गौर नगरपालिकाका शिक्षा संयोजक गणेश गिरिले संचालन गरेको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नरेश प्रसाद यादवले विद्यालयका शैक्षिक अवस्था ,पूर्वाधारको अवस्था , चुनौतीको बारेमा प्रस्ट परेका थिए भने विद्यालयमा अध्यन गर्ने छात्राहरुले सचेतना मुलक नृत्य प्रस्तुत गरेका थिए ।





