जनकपुर ।। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन हुनुभएको छ । जनकपुरमा हिजो बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठकमा सर्वसहमतिमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिनुभयो । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारीसहितको उपस्थितिमा बसेको बैठकले राति अबेर संसदीय दलको नेता चयन गरेको हो । यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) रहँदा पनि सोनल नै संसदीय दलको नेता हुनुहुन्थ्यो । उहाँ तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बन्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here