काठमाडाैं ।। चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको छ । मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूसँगको भिडियो सम्मेलनलाई आज सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएको र त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने बताउनुभयो । मन्त्री वाङले अफगानिस्तानमा जारी सङ्कटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनु पर्ने पनि बताउनुभयो । चीनले अफगानिस्तानलाई ३० दशमलव ८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउन लागेको समेत उहाँले जानकारी दिनुभयो । मन्त्री वाङले जी २० का सदस्य राष्ट्रहरूलाई अफगानिस्तानमा जारी सङ्कटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here