काठमाडाैं ।। नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ७८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार २ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १५ हजार २ सय ४३ कोरोना परीक्षण गरिएको छ । ११ हजार ६ सय २९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ९ सय ४१ र ३ हजार ६ सय १४ एन्टीजेन परीक्षण गर्दा २ सय ९८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर आरटी पिसिआर विधिबाट ७ लाख ८८ हजार ७ सय ६९ र एन्टीजेन विधिबाट ८९ हजार ९ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म देशभर एन्टीजेन र आरटी पिसिआर विधिबाट कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ३ सय २४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५६ हजार ९ सय ५४ पुगेको छ । गत २४ घन्टामा देशभर थप १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ४३ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here