काठमाडाैं ।। मनसुन कमजोर हुँदै गएकाले कम पानी पर्दै गएको मौसमविद्ले बताएका छन् । अघिल्ला वर्षहरुमा जुन १० मा नेपाल प्रवेश गरेर मनसुन सेप्टेम्बर २२ मा बाहिरिन्थ्यो । तर मौसममा आएको परिवर्तनले यसपाली देखि जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन अक्टोबर २ मा मात्रै बाहिरिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । मनसुन कमजोर हुँदै गएकाले एकदुई दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो । तर बङ्गालको खाडीमा बनेको न्यूनचापिय क्षेत्र र भारतको राजस्थानबाट जलवाष्पयुक्त हावा आइरहेकाले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने मौसमविद् श्रेष्ठको भनाइ छ । उहाँका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तत्काल ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्को भनाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।