काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् । यसका साथै ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा थप २२ हजार १९२ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ८८ हजार ५१७ जना पूर्ण मात्रा खोप लगाएका छन् भने ६२ लाख १५ हजार ८५६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here